Thursday, 27th August, 2026
वि.स.

ग्यासको सिलिन्डर पड्किँदा आमा–छोरा घाइते

2-1622368640.jpg

भरतपुर महानगरपालिका १० स्यालीबजारमा खाने पकाउने ग्यासको सिलिन्डर पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्यास पड्किँदा ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष घाइते भएका हुन् ।

घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको हो ।

आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले निभाइएको प्रहरीले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif