nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ग्याङस्टारलाई ‘थाहा गोल्डकप–२०७७’को उपाधि

ग्याङ स्टार युवा क्लब कैलाश गाउँपालिकाले थाहा गोल्डकप–२०७७ को उपाधि जितेको छ । ग्याङ स्टारले इन्द्रसरोवर गाउँपालिका फुटबल टिमले १–० गोल अन्तरले उपाधि हासिल गरेको हो । 

विजयी भएसंगै ग्याङ स्टारले नगद १ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ भने दोस्रो हुने इन्द्रसरोवरले नगद ५० हजार, शिल्ड मेडल तथा प्रमाणपत्र पाएको छ । विजेता तथा उपविजेता टिमलाई थाहा नगरपालिकाका प्रमुख तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथी लवशेर विष्टले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगिता थाहा नगरपालिकाको प्रायोजनमा भएको थियो । प्रतियोगिताका ‘वेष्ट प्लेयर’ ग्याङ स्टारका रुपेश अधिकारी घोषित भए ।

इन्द्रसरोवर गाउँपालिका टिम

मकवानपुरको थाहा नगरपालिका इन्द्रायणी चौरमा ऋषेश्वर ११ युवा क्लबले आयोजना गरेको प्रतियोगितामा मकवानपुर सहित अन्य जिल्लाका समेत गरी ३२ टिमको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)