Wednesday, 26th August, 2026
वि.स.

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थाहानगरको पनि आर्थिक साथ 

Dhurmu-1619842269.jpg

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा निर्माण थालेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि थाहा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख विष्टले फाउण्डेश्नकी कुन्जना घिमिरे (सुन्तलीलाई) १६ वैशाखमा एकलाख रुपियाँ हस्तान्तरण गरेका हुन् । 

जनस्तरको अभियानले निर्माण गर्ने योजना सहित निर्माण कार्य भैरहेको रंगशाला ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ भन्ने नारा रहेको छ । सहयोग ग्रहण पश्चात् फाउण्डेशनकी कुन्जना घिमिरेले थाहा नगरपालिकालाई धन्यवाद दिइन् । सबैको सहयोगबाटै निर्माण कार्य अघि बढिरहेकोमा नगरपालिकाको सहयोगले थप उत्साह मिलेको बताइन् । 

सकारात्मक काम जसले राष्ट्रलाई फाइदा पुग्छ त्यस्तो अभियानमा लागेका कलाकारद्वय धुर्मुस र सुन्तलीलाई नगर प्रमुख विष्टले शुभकामना व्यक्त दिए । सकारात्मक काम गर्दा केही तत्वले कुरा काट्ने र अवरोध सृजना गर्न खोज्नु सामान्य भएको बताउँदै विष्टले राम्रा काम गर्न लागेका उनीहरुलाई सँधैसाथ रहने प्रतिवद्धता व्यक्त गरे । 

सहयोग हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, लेखा प्रमुख विष्णु भुसाल, योजना महाशाखा प्रमुख विवेक विडारी, सूचना प्रविधि शाखा प्रमुख अरुण लामा, सूचना अधिकारी सुरजकुमार भुजेललगायतकाको उपस्थिती रहेको थियो ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif