Sunday, 23rd August, 2026
वि.स.

गोकर्णेश्वरमा टिपरको ठक्करले साइकल यात्रीको मृत्यु

road-accident-1624602794.jpg

काठमाडौंको गोकर्णेश्वरमा टिपरको ठक्करले एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

शुक्रबार बिहान पौने ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा २६ वर्षीय खुर्बु छिरिङ भोटे गम्भीर घाइते भएका थिए।

संखुवासभा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्दै आएका साइकल यात्री खर्बुलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएको थियो।

उपचारकै क्रममा साढे ६ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सुरज खड्काले बताए। ‘ओरालो झरिरहेको साइकलमा ब्रेक नलाग्दा दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘थप अनुसन्धान जारी छ।’

प्रहरीले रामेछाप घर भई गोकर्णेश्वरको आरूबारी बस्ने ३२ वर्षीय चालक प्रदीप विकलाई नियन्त्रणमा लिएको छ। उकालो बाटोतर्फ गइरहेको टिपरले ओरालो झरिरहेको साइकल यात्रीलाई ठक्कर दिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०