Saturday, 15th August, 2026
वि.स.

गाेपालीकाे पहल, मिङमाकाे हात, विद्यार्थीलाई शैक्षिक सामग्री

IMG_20220116_122718-1642316414.jpg

मिङमा फाउण्डेसन नेपालले थाहाका २१ जना विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामग्री प्रदान गरेकाे छ । 

फाउण्डेसनले  थाहा-१ टाखेलस्थित  पञ्चकन्या आधारभूत विद्यालयका २१ जना  विद्यार्थीलाई शैक्षिक सामाग्री, मास्क र  स्यानिटाइजर प्रदान गरेकाे विद्यालयका प्रधानाध्यापक रमेशकुमार लामाले जानकारी दिए । विद्यालयका पूर्वविद्यार्थी तथा  समाजसेवी भरत गोपालीको पहलमा  सामग्री वितरण  गरिएकाे हाे ।

विद्यालयमा २ माघमा आयाेजित  कार्यक्रममा फाउण्डेसनका अध्यक्ष मिङमा शेर्पा, सदस्य सूर्य  पौडेल, ब्रायन श्रेष्ठ लगायतले शैक्षिक सामग्री वितरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युद्धबहादुर थोकरको अध्यक्षतामा सामग्री हस्तान्तरण कार्यक्रम भएकाे थियाे । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif