nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गायक कन्चन थलङ भन्छन् पोलिटिक्स डर्टि गेम भन्न चाँही मन लाग्दैन

आउ प्रिय गीतको प्रमोशनमा व्यस्त गायक कन्चन थलङ । प्रथम लिम्बुवान आइडलबाट संगीतमा प्रवेश गरेका हुन् । थलङले युमा आर्टको प्रस्ततिुमा पहिलो एल्वम ‘हाम्रो यात्रा’ बजारमा ल्याएका थिए । ठमेल बजार, काले दाईकि चर्चित गायिका मिना निरौला सँग पछिल्लो समय थलङले स्टबरी किनी दिउला काली मोरीलाई गीत रेकर्ड गराएका छन् । सांगितिक यात्राको सेरोफेरोमा रहेर गरिएको आतरंग:

स्टबरी किनी दिउला काली मोरीलाई ..कस्तो प्रकारको गीत हो ?

पछिल्लो समयमा निकैनै चर्चामा रहेकि गायिका मिना निरौलासँग गाएको छु । यस गीतबाट धेरै आस छ । यो गीत एल्वम या फिल्म केका लागी भनेर निर्णय लिइसकेको छैन । रिलिज पछि यसले पनि निक नै तताउने छ भन्ने आसा छ । 

लिम्बुवान आइडल यो समयमा काठमाण्डौमा के गदैछ ?

आइड जीतिसके पछी जिम्मेवारीहरु धेरै बढेको छ । लगातार पाँच वर्ष देखि संगितलाईनै समय दिदै आइपनि रहेछु । दोस्रो एल्वम याद मा समेट्ने गीतहरुलाई अहिले बजारमा प्रमोसन गर्दै हिडीराहछु । आउ प्रिय गितले अहिले राम्रै प्रतिकृया पाउदा यसलाई कसरी अझै चर्चामा ल्याउन सकिन्छ भनेर सबैको साथ सहयोग लिइरहेको छु ।  

मोफसलका कलाकारलाई चर्चामा आउन गाह्रो हुन्छ रे नि हो ?

मैले पनि पहिले पहिले त्यस्तैनै सोच्थे , गीत राम्रो भएर पनि मिडियाले स्थान दिएन भन्ने लाग्थ्यो, तर आउ प्रिय गितले जसरी राम्रो प्रतिकृया पायो मैले सबै ठाँउबाट बराबर साथ सहयोग पाएको छु । त्यसैले अहिले मलाई लाग्छ । त्यो गलत सोचाई रहेछ । राम्रो गीत भए जँहीबाट भए पनि चर्चामा आउन सकिदो रहेछ । 

कला कलानै हो  तर चर्चामा आउन आइडलकै महत्व हुन्छ हो ?

म त्यो कुुरामा सहमत छैन । आइडल भएर पनि काम देखाउन नसकेर गुमनाम भएका धेरै छन् । हजारौ प्रतिस्पर्धीलाई जितेर आउदा केही खास भएरनै आइडल हातमा आएको हुन्छ । आइडलमात्र सबैकुरा होइन ढीलो होला तर आइडल प्राप्त नगर्नेले पनि धेरै गरेका छन् । 

स्रंगीतमा प्रतिस्पर्धा धेरै छ नि ?

मैले पनि  यो कुरालाई धेरै थोरै आत्मसाथ गरेको छु । कसैको कुरा गरेर, आरिस गरेर माथि पुगिन्दैन माथि पुग्नु छ भने त्यो समयलाई कृयशनतिर लगाएर अघि बढ्नु राम्रो हो । कसैले इगो राख्छ भने त्यस्तालाई म जहिले अनुरोध गरिरहेको हुन्छु कि त्यो राम्रो होइन । काम गर्ने हो आफुले गरेको कामको मुल्यांकन भएन भने के भो त रु आत्म संतुष्टति मिल्छ । 

बेलामौकामा भिडियो निर्देशनको पाटो समाल्नु हुन्छ अभिनय पनि आफ्नै एल्वम भएर हो ?

धेरै दिन वित्यो गीतमा मैले अभिनय गर्दा हेर्नेको आँखामा परेको छु । त्यो भन्दा पहिले नगरेको होइन यो गतिसँगै भिडियो चर्चामा आएर हो । मैले एक दुईटा गीतको निर्देशन पनि गरेको छु धरानमा मैले मल्टीमिडियाको तालिम लिएको थिए सधुपयोग गरेको भनुम न ह.ह.ह. ह.

फेसबुकमा सँग सँगैनै देखिनुहुन्छ, गायिका मेलिना राई तपाईको कस्तो साथी ?

मेलिना चर्चामा आउनु पहिले देखीकै हामी राम्रो साथी हौ । एक दिन मैले फेसबकमा नेपालको चर्चित गायिका मेलिना राई भनेर फोटो पोस्ट गरेको थिए । एउटा साथीले चर्चित भन्न नमिल्ने भनेर कमेन्ट गर्नु भएको थियो संजोकवस आजको समयमा नेपालको चर्चित मध्ये एक हुन् मेलिना । 

राजनितीको विषयमा तर्पाइको विचार के छ ?

हरेक नितीको अंग हो राजनिती । गर्नु नगर्नु आफ्नो ठाँउमा छ ,तर मलाई पोलिटिक्स डर्टि गेम भन्न चाँही मन लाग्दैन। राजनिती बुझ्नु पर्छ शिक्षा, स्वास्थ्य ,व्यवसाय हरेक क्षेत्रलाई छोएको छ । त्यसैले थाहा पाउनु राम्रो हो ।   

चुनावले कलाकारलाई छोएको छ कि छैन ?

चुनाव देशमै भैसकेपछि हामी सामाजिक प्राणीलाई किन नछुने ,मेरो ठाँउमा को मेयर, वडा अध्यक्ष बन्छ भन्ने कुराको उत्सुकता मलाई पनि छ । 

-रिता लामाको इमेलबाट प्राप्त