nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्लस टु पछि पालुङ क्याम्पसमै भर्ना, किन त?

42746827_302856500494478_-1566965930.jpg

मकवानपुरको एक मात्र क्याम्पसको रुपमा रहेको पालुङ बहुमुखी क्याम्पसमा अहिले भर्ना अभियान सञ्चालन भैरहेको छ । पालुङ बहुमुखी म्याम्पसमा मानविकी र व्यवस्थापन गरी २ संकायमा अध्ययन अध्यापन गराइन्छ । क्याम्पसमा शहर बजारको तुलनामा ज्यादै न्युन मात्रामा विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन् । भौगोलिक विकटता र ग्रामिण भेगमा रहेकै कारण क्याम्पसको नियमित पठनपाठनमा क्याम्पसले विविध समस्या झेल्दै आइरहेको छ । ग्रामीण भेगमा उत्पादन हुने अर्थात माद्यामिक तह पार गर्ने विद्यार्थीहरुलाई नै उक्त क्याम्पस सम्म ल्याउन नसक्नु मुख्य समस्या रहेको छ । भर्ना अभियानको विषयमा क्याम्पस प्रमुख रामहरि अधिकारी सँग विकासखबर संवाददाता मञ्जरी बलामीले निम्न बमोजिम संवाद गरेको  छ;–
भर्ना अभियान कस्तो चलिरहेको छ ?
    भर्ना अभियान चाही त्यति उत्कृष्ट त होइन्, मध्यम खालको छ । हामी जाने ठाउँहरु सकियो । विद्यालयका शिक्षकहरु सँग सम्पर्क भैरहेको छ, उहाँहरु मार्फत विद्यार्थीको सम्पर्क नम्बर लिएर हामी टेलिफोन गर्ने काम तर्फ गैरहेका छौ । 


अहिले सम्म के के काम सकाउनु भयो ?
    पहिलो चरणको अभियान अन्तर्गत पम्प्लेटहरु बाड्ने, ब्यानर टास्ने, रेडियो तथा पत्रपत्रिका मार्फत सूचना प्रशारण÷ प्रकाशन गर्ने लगायतका कामहरु सकिए ।
दोस्रो चरणलाई कसरी लानु हुन्छ ?
    दोस्रो चरणमा ति विद्यार्थीहरुलाई भर्ना गराउन उसको अभिभावकलाई भनेर हुन्छ की, टोलका अगुवा, राजनीतिज्ञ, नेता तथा समाजसेवीहरुलाई परिचालन गरेर हुन्छ, त्यो कार्यमा हामी जान्छौँ ।

अहिले सम्म कति संख्यामा भर्ना हुन आए ?
    अहिले सम्म त खासै भर्ना भएको छैन । तर सरोकारवाला, अभिभावक तथा विद्यार्थीहरुले चाही आफ्नो गाउँ÷टोलमा विद्यार्थीहरु छन्, यहि क्याम्पसमा भर्ना हुन आउने भनि बसिरहेका छन्, भन्ने कुराहरु गरेका छन् । अभिभावकहरुले पनि माद्यामिक तह पर गरेर बसेका आफ्नो छोराछोरी यहि क्याम्पसमा भर्ना गर्छौ, बाहिर पठाउँदिन भन्ने कुराहरु गरिरहेका छन् ।


पढाइ कहिले देखि सुरुहुन्छ ?
    पढाइ चाही भदौको १८ गतेदेखि सुरु हुन्छ । पहिले पनि पढाइ सुरु भएपछि मात्र भर्ना गर्न आउने भएकोले यो पटक पनि त्यस्तै हुन सक्छ । बि.ए र बि.बि.एस दुबै संकायको पढाई १८ गते देखि सुरु गर्ने भनी बिहिबार सूचना प्रकाशित गरेका छौँ । सूचना विद्यार्थी सम्म पुग्न समय लाग्छ त्यस कारण हामी फोन मार्फत पनि जानकारी गराउँछौँ ।
 

विद्यालयहरु सँग समन्वय कसरी भैरहेको छ ?
    विद्यालयहरुलाई फोन सम्पर्क गरेर कक्षा १२ मा कतिजना पास भए भन्ने जानकारी लिने र पास भएका विद्यार्थीहरुको सम्पर्क नम्बर लिने काम भएको छ । विद्यालयका शिक्षकहरुले पनि विद्यार्थीहरुलाई कुरा गरिरहेको छौँ भनेका छन् ।

विद्यार्थीले पालुङ क्याम्पस मै भर्ना किन हुने त ?
पालुङ क्याम्पसमा दक्ष, योग्य तथा अनुभवी प्राध्यापकहरुद्वारा अध्यापनको व्यवस्था, कक्षा १२ मा प्रथम श्रेणी ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई भर्नामा २ महिनाको शुल्क छुटको व्यवस्था, आन्तरिक परीक्षामा तहगत र संकाय प्रथम गर्नेलाई २ महिनाको शुल्क छुटको  व्यवस्था, बाह्य परीक्षामा प्रथम श्रेणी ल्याउने विद्यार्थीलाई ६ महिनाको शुल्क छुटको व्यवस्था, संकाय एवं तह प्रथम गर्ने विद्यार्थीलाई आंशिक छात्रवृत्तिको व्यवस्था, जनजाति, दलित, अपाङ्ग, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था,  यथोचित पुस्तकालयको व्यवस्था, समयमा नै कोर्स पुरा गराइने, इमेल, इन्टरनेटको व्यवस्था, कम्प्युटर कक्षाको व्यवस्था, विवाहित छात्रालाई प्रत्येक महिनाको शुल्कमा रु १०० छुटको व्यवस्था, बि.ए. र बि.बि.एस दुबै संकायको दोस्रो वर्ष उत्कृष्ट हुने २ जनालाई पालुङ बहुमुखी क्याम्पस बाल मुकुन्द छात्रवृत्तिको व्यवस्था लगायतका विशेषता तथा सुविधाहरु छन् । त्यसकारण पनि पालुङ क्याम्पसमै भर्ना हुनु जरुरी छ ।

समय र संवादका लागि धन्यवाद ।।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।