nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

संयोजक बल भन्छन्–"झिकाउने, सिकाउने र टिकाउने"

उत्तरी मकवानपुरको थाहा नगरपालिका विद्यार्थी भर्ना बिषेश अभियान २०७५ अन्तर्गग बिभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेको छ । “एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता सिकाईको स्थायित्व” भन्ने मुल नाराको साथमा थाहा नगरकार्यपालिका लगायत मकवानपुर जिल्ला भर नै भर्ना अभियान सञ्चालन भैरहको छ । नेपालको संबिधान २०७२ ले प्रत्याभूत गरेको अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको अधिकार कार्यान्वयनका लागि विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समुह (५–१२) का सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना भएको सुनिश्चितता गर्ने मुल उदेश्यका साथ मकवानपुर जिल्लाभर सञ्चालन भै रहेको विद्यार्थी भर्ना बिषेश अभियान २०७५ ले यहि भाद्र ३१ गते मकवानपुर जिल्लालाई नै विद्यालय जाने उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर नरहेको घोषणा गर्ने कार्ययोजना रहेको छ । सोही अनुरुप नै थाहा नगरपालिकामा पनि विद्यालय बाहिर रहेका बालबालिकाहरुको तथ्याङ्क पत्ता लगाई ति बालबालिकाहरुलाई विद्यालय भर्ना अभियान मार्फत विद्यालय सम्म पुर्याउने प्रयत्न भैरहेको छ । सोही बिषयमा थाहा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक किरणमान बलसंग विकासखबर संवाददाता मञ्जरी बलामीले गरेको कुराकानी प्रस्तुत गरिएको छ:

  • कसरी थाहामा सबै बालबालिकाहरुलाई विद्यालयको पहुँचमा पुर्याइदैछ ? 

यसमा सबै भन्दा पहिले नगर स्तरिय कार्यदल गठन गरियो, त्यसपछि थाहा नगरपालिकाको १२ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा सबै तहको प्रतिनिधित्व रहने गरि वडा कार्यदल गठनको कार्य लगभग सकिएको छ । अब साउन १५ गते भित्रमा प्रत्येक वडामा भएका टोल बस्तीहरुमा भेला राखेर टोलको भेलाबाट क–कस्को बालबालिका विद्यालय जादैन भनेर बालबालिका र अभिभावक पहिचान गर्ने र नाम टिपोट गरि सक्ने योजना  छ । र संगै तथ्याङ स्पष्ट रुपमा आउनका लागि तथ्याङ्क संकलनका लागि तथ्याङ्क संकलकलाई नगरपालिकाले ब्यवस्था गरेर बालबालिकाहरुको विद्यालय बाहिर हुनुको कारण सहित वास्तबिक तथ्याङ्क संकलन गर्ने कार्य साउन महिना भित्र सकाउछौँ । 

  • तथ्याङ्क लिएपछि भर्ना गराउन पर्ला, यसको प्रकृया के हुन्छ ? 

तथ्याङ्क लिइ सकेपछि कस्तो खालको कारण हो सोको मुल्याङ्कण र विश्लेषण गर्ने कार्य गरेर अभिभावकलाई को मार्फत उत्प्रेरणा दिँदा राम्रो हुन्छ सोही ब्यक्ति मार्फत उत्प्रेरणा दिने, संघसस्था, ब्यक्ति, समुदाय, पत्रकार, टोल जनप्रतिनिधि, स्थानिय निकाय जस्ले सम्झाउदा हुन्छ सो प्रकृया  हुन्छ । त्यसबाट खास कारण के हो भन्ने पत्ता लागेपछि विद्यालय टाढा भएर हो भने छात्रावासको ब्यवस्था गर्ने, भर्ना फी नै तिर्न नसकेर हो भने अभिभाकत्व ग्रहण गराएर जिम्मेवारी बहन गर्न लगाउने लगायतका प्रक्रियाहरु ह्ुन्छन् । 

  • प्रथम त्रैमासिक परिक्षा सकिसकेको छ, यसले विद्यार्थी र भर्ना अभियानलाई प्रभाव पार्छ कि पादैन ? 

यो परिक्षा खास यो कक्षा जाँचको लागि होइन, विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि यो त्रैमासिक परिक्षाले असर गर्दैन । विद्यार्थीको शिक्षा स्तर जाँच गरि कुन कक्षाको लागि उपयुक्त हुन्छ सोही कक्षामा भर्ना गराइन्छ । कक्षा जाँचको आधारमा झिकाउने, सिकाउने र टिकाउने कुरालाई बिशेष प्राथमिकता राखेर भर्ना अभियान चलाउनु पर्छ । झिकाउने भन्नले बालबालिकालाई विद्यालय सम्म झिकाउनु पर्यो, त्यसपछि राम्रो संग सिकाउनु पर्यो र अर्को के कसरी हन्छ विद्यालयमा आएका बालबालिकालाई टिकाउनु पर्यो , भन्ने नै हाम्रो मुख्य प्रयास हो । 

  • यो भर्ना अभियानमा देखिने मुख्य समस्या के हुन सक्छ ? 

पहिलो त अभिभावकले कुरा नबुझ्न सक्छ, उनीहरुलाई बुझाउन हामीले के गर्न पर्छ त्यो प्रक्रिया गछौँ । अरु त महा समस्या नै त नहोला, यदि आइपरे भने पनि सबै सरोकारवालाहरु मिलेर समाधान गर्ने तिर लाग्नु पर्छ । 

  • तथ्याङ्क संकलन गर्नु अघि थाहा नगर भरि कति बालबालिका विद्यालय बाहिर छ भन्ने अनुमान गर्नभएको छ ? 

छन् छनत धेरै ठाउँमा विद्यालय नै भर्ना नभएका बालबालिकाहरु पनि छ । त्यस कारणले यो अभियान पश्चात ति बालबालिकाहरु विद्यालय आउँछन । यो निरक्षरता हटाउने अभियान पनि हो । यति नै छ भनेर भन्न चाई सकिदैन । यो बैशाख पछि गरिने भर्नाको दोस्रो अभियान हो । 

  • भाद्र ३१ भित्रमा नै थाहा नगरपालिकालाई बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्न सम्भब छ ? 

हामी अन्य ठाउँको जिल्ला भन्दा पनि हामीले दु्रत गतिमा छौँ । किनभने हामीलाई नेपाल सरकारको कार्ययोजना बमोजिम हामी अघि बढेका छौँ । साउन ४ गते सम्ममा नगरपालिकामा कार्यदल गठन गर्ने भन्ने थ्यो त्यो हामीले २ गते नै गठन गरि सक्यौ, त्यसपछि हामीले २ गतेकै बैठकमा टोक्यौ ४ गते भित्रमा नगरपालिका भित्रका सबै वडमा कार्यदल गठन गर्ने भनेर त्यो पनि लगभग सकिसकेको छ । जस अनसार हामी कार्ययोजना बमोजिम कार्य सक्दै गरेको हुँनाले यो भदौ अन्तिम सम्ममा घोषणाको गरि सक्छौ भन्ने बिश्वस्त छु । पहिला त वडाबाट भर्ना भैसकेको प्रमाणिकरण आउँछ त्यसलाई नगरले प्रमाणित गरेपछि नगर नै घोषना गर्न सकिन्छ । सम्भवत भदौको दोस्रो हप्ता अर्थात १५ गते भित्रमा हामीले घोषना गरि सक्छौँ । 

  • भर्ना अभियानका कोही बालबालिका छुट्लान यसलाई पछि समेट्नु हुन्छ कि हुन्न? 

यो खासमा हामीले गरेको घोषणा कार्यक्रमको लागि मात्र भयो भन्ने नराम्रो सन्देश पनि मानिसमा जान्छ, यो हाम्रै लागि पनि लज्जस्पद कुरा हो । त्यसैले सके सम्म कोही बालबालिका पनि नछुट्ने ढङ्गले हामी काम गछौँ र त्यस्तो हुन सक्ला भनेर हामी जनप्रतिनिधि सबै सजग र सचेत छौ । 

  • अन्त्यमा ? 

यो अभियानमा मिडियाले राम्रो प्रचारप्रसार गरिदिनु होला, चिया खाँदा वा जुनसुकै समयमा यसको चर्चाहरुलाई जोड दिनुहोस, र सबैको साथ सहयोगमा मात्र हामी सफ हुन्छौँँ भन्न चाहान्छु ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।