Wednesday, 26th August, 2026
वि.स.

गाडी बोक्न प्रयोग गरिएको चित्लाङ-चन्द्रागिरी सडकको स्तरोन्नती गरिने, ११ गते अन्तरक्रिया:मन्त्री फुयाँल

Chiltalng-1595215995.jpg

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले राणाकालमा भीमफेदीबाट मोटर बोकेर काठमाडौँसम्म पु¥याउन प्रयोग गरिएको गणेशमानसिंह मार्ग (चित्लाङ-चन्द्रागिरी) को स्तरोन्नति गरिने बताएकाछन् । 

मन्त्री फुयाँलले रासससँग कुरा गर्दै चित्लाङदेखि थानकोटसम्मको गणेशमानसिंह मार्ग, हेटौँडा–दामन हुँदै काठमाडौँसम्मको त्रिभुवन राजपथ तथा काठमाडौँ उपत्यका र हेटौँडा जोड्ने छोटो दूरीका अन्य सडक निर्माणका लागि सङ्घीय, बागमती प्रदेश र स्थानीय सरकार क्रियाशील रहेको बताए । राणाकालमा भारतबाट मोटरबाटो हुँदै भीमफेदीसम्म आएका मोटरलाई स्थानीय मजदूरले बोकेर देउराली, कुलेखानी, मार्खु, चित्लाङ हुँदै थानकोटसम्म पु¥याएका थिए । “बाटाको ऐतिहासिक महत्व भएकाले यसको स्तरोन्नति गर्न तीनै तहका सरकार लागेको छन्”, उनले भने । उनका अनुसार आजसम्म पनि सामान्य फराकिलो पार्नेबाहेक सो सडक स्तरोन्नति गरिएको थिएन ।

“गाडी आउजाउ हुनेसम्म त भयो तर निकै असजिलो र स्तरहीन छ, त्यसलाई हामी स्तरीय बनाउँछौँ”, उनले भने। ऐतिहासिक चित्लाङ सडकको स्तरोन्नति गर्न तीनै तहको सरकारको समन्वयमा काम अगाडि बढाउने योजना बनेको उनले जानकनारी दिए । सो कार्यका लागि यही साउन ३ गते भौतिक मन्त्रालय, हेटौँडामा जनप्रतिनिधिसहितको छलफल भएको थियो ।

यसैबीच मन्त्री फुयाँलले यही साउन ११ गते चित्लाङमा सो सडक स्तरोन्नति सम्बन्धमा अन्तरक्रिया गरिने जनाइएको छ । उक्त सडकको ऐतिहासिक पक्षको संरक्षण गर्दै फराकिलो र पक्की गरिने सम्बन्धमा विभिन्न निकायका व्यक्तिसँग छलफल हुने मन्त्री फुयाँलले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif