Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

गाउँमै भेटिन छाडे ढिकी, जाँतो र कोल !

आधुनिक प्रविधितर्फ बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण पाल्पाको ग्रामीण क्षेत्रका रैथाने प्रविधि लोप हुँदै गएका छन् । परम्परागत रुपमा प्रयोग गरिँदै आएका घरेलु औजारहरु हराउँदै गएपछि पर्यटकीय जिल्ला पाल्पाको ग्रामीण पहिचान पनि मेटिँदै गएकोमा सरोकारवालाहरुले चिन्ता गरेका छन् । उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु औजार प्रयोगमा ल्याइएपनि अहिले आएर पाल्पाका ग्रामीण क्षेत्रमा ति औजारहरु विस्थापित बनिसकेका छन् ।

त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखलपनि विरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हँुदै गइरहेका छन् । करिब तीनदशक अगाडिसम्म निकै चलन चल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०