Saturday, 15th August, 2026
वि.स.

गाउँका समस्या लिएर प्रधानमन्त्री देउवा समक्ष पुगे नगर प्रमुख बिष्ट

bista-1629250267.jpg

बझाङ जिल्लाको बुङ्गल नगरपालिकाले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग पत्र पेस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पूर्व राज्यमन्त्री नरेश बहादुर सिंह, नगर प्रमुख धनबहादुर बिष्ट लगायत बुङ्गलका युवाहरूको सहभागीतासहित उक्त मागपत्र पेस गरिएको हो ।

माग पत्र नगर प्रमुख धन बहादुर बिस्टले प्रधानमन्त्री समक्ष पढेर सुनाएका थिए   । बित्थड- बुङ्गल सडक स्तरउन्नति, बाइसधारा, विजगडा र झापा मोटर पुल निर्माण, कालङ्गा नदि नियन्त्रण, नगरपालिकाले निर्माण गरिरहेको क्रीकेट मौदानलाई निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक रकम उपलब्ध गराउन, खिरातडी गाउँलाई नमुना बस्तिका रूपमा विकास गराउन, थानपाटन धौलढुङ्गालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न, बड्डी ज्यावन, थानपाटन, पुनम चुली, बाइसधारा र खोल्लेक जस्ता ठाउँलाई धार्मिक स्थलको साथै पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने उक्त माग पत्रमा उल्लेख गरिएको छ ।

बुङ्गलकै एक मात्र क्याम्पसमा प्राध्यापकको दरबन्दी नभएकोले उक्त क्याम्पसमा प्राध्यापकको दरबन्दीका लागि आवश्यक पहलकदमी गर्न माग गरिएको छ । त्यसैगरी नगरपालिकामा एउटा १५ बेडको अस्पताल निर्माणाधिन अवस्थामा रहेको र उक्त अस्पतालमा प्रयाप्त श्रोत साधन नभएकोले उक्त अस्पतालमा श्रोत साधनका साथै एउटा जनरल फिजिसयनको दरबन्दीको समेत माग गरिएको छ ।

प्रधानमन्त्री देउवाले त्यहाँका सडक, स्वास्थ्य, शिक्षा, विद्युतलगायतका समस्याबारे जानकार रहेको बताउँदै नगरपालिकाले पेस गरेका मागप्रति आफू सकारात्मक रहेको बताएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif