Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

गाईजात्रा औपचारिकतामा सीमित गरी मनाउने नगरपालिकाको निर्णय

भक्तपुर नगरपालिकाकाले यस वर्षको सापारु अर्थात् गाईजात्रा विसं २०७८ सामान्य औपचारिकता निर्वाह गरेर मात्रै मनाउने निर्णय गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षताम जात्रासँग सम्बन्धित सरोकारवालाबीच भएको छलफलमा यस्तो निर्णय भएको प्रजापतिले जानकारी दिए ।    
    
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण काठमाडौँ उपत्यकालगायत देशैभरि दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत सो रोगको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दिनदिनै बढिरहेकाले मृत्यु संस्कारका रूपमा ऐतिहासिक कालदेखि मनाउँदै आएको गाईजात्रा पर्व यस वर्ष सापारु अर्थात् गाईजात्रा अवधिभर घिन्ताङ्घिसी र अन्य सांस्कृतिक नाचगान प्रदर्शन नगरी सामान्य औपचारिकतामा मात्रै सीमित गरेर मनाउन दाफा भजन, सांस्कृतिक समूह, मृतक परिवारलगायत सम्पूर्ण नगरवासीलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।    
    
नगर प्रमुख प्रजापतिले कोभिड जोखिमका कारण नजिकिँदै गरेको सापारु पर्व र गुन्हीपुन्हीलाई शान्तिपूर्ण एवं सुरक्षित ढङ्गले औपचारिकतामा सीमित गर्न सरोकारवाला पक्ष, वडा वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधिसँग छलफल गरेर निर्णय गरेको बताए । भक्तपुर नपाले समाजलाई कोभिड सङ्क्रमणबाट मुक्त गर्ने प्रयासरत रहेको चर्चा गर्दै प्रमुख प्रजापतिले आफ्नो स्वास्थ्यको सुरक्षाको निम्ति जनता स्वयं सजग हुनुपर्ने बताए ।    



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०