Sunday, 17th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

गाँजा बोकेर कतार जान लागेका युवक विमानस्थलमा समातिए

IMG_20210715_223604-1629796726.jpg

लागूऔषध गाँजा बोकेर कतार जान लागेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठक छन् ।

लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्थामा पाठकलाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

विमानस्थल प्रहरीका अनुसार स्क्रिनिङका क्रममा पाठकले लगेजमा आयुर्वेदिक औषधिका बट्टाभित्र ८ सय ग्राम गाँजा राखिएको भेटिएको थियो ।

पक्राउ गरेर विमानस्थल प्रहरीले लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाएको प्रसाईंले बताए ।