Friday, 28th August, 2026
वि.स.

गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान

1-1610258267.jpg

बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । बाराको निजगढ नगरपालिका( १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो ।

८/१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै गोली फायर गरेको थियो । प्रतिकारमा प्रहरी टोलीले चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शनिबार राति पौने १० बजे इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट रतनपुरको टोलीसमेत गस्तीमा खटिएको थियो ।

त्यसक्रममा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका(६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरेको छ ।

तामाङको साथबाट १ थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ५ वटा सेतो बोराभित्र लुकाइ राखेको १०२ किलो अवैध लागुऔषध गाँजा पनि बरामद भएको डीएसपी मिश्रले जानकारी दिए ।

तामाङविरुद्ध हातहतियार खरखजाना र लागुऔषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान सुरु गरिएको छ । फरार अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif