Sunday, 16th August, 2026
वि.स.

गणेशमानको जन्मजयन्तीमा विचार गोष्ठी

नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता एवं लौह पुरुष गणेशमान सिहको १ सय २ औ जन्मजयन्तीको अवसरमा आज बुधबार पार्टी कार्यालयमा विचार गोष्ठीको आयोजना गरेको छ ।
जन्मजयन्तीको अवसरमा वक्ताहरुले संविधान कायन्वयनका लागिसमेत गणेमान सिंहको बिचार आज पनि अनुसरण गर्न आवश्यक रहेको र नेपालका दलहरु र नेताले गणेशमान सिहको जस्तो त्यागको भावना देखाउन सके मात्र राजनीतिक स्थिरता कायम हुन बताएका छन् । प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर हुनुहुन्थ्यो । 
विभिन्न कालखण्डमा भएका आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएका सिंह लौह पुरुषकारुपमा चिनिनुहुन्छ । वि।सं। १९७२ साल कात्तिक २४ गते राजनीतिक सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेठो छोराको रुपमा काठमाडौंको यट्खामा जन्मिएका हुन् । 
काठमाडौंको खानदानी परिवारमा जन्मनुभएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमिएका थिए । भद्रगोल जेल फोरी भाग्नुभएका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका छन् । 
भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजिवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो ।
कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अथिति निवर्तमान सभापति रघुरमण न्यौपाने, अथितिहरु माइकल रामचन्द्र अर्याल, आनन्द कठायत, गोपीलाल विक, कृष्णप्रसाद सञ्जेल, प्रदिप कोइराला, अशोक शाक्य, महारत्न लामा, केशवप्रसाद काफ्लेलगायतले गणेशमानको बारेमा बोलेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०