nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

गणतन्त्र दिवसको अवसरमा थाहामा दिपावली

दशौं गणतन्त्र दिवसको अवसरमा थाहा नगरको विकासघरमा दिपावली गरेर मनाइएको छ । थाहा नगरपालिकाको प्रथम जन निर्वाचित नगर प्रमुख लवसेर विष्टबाट दिप प्रज्ज्वलन सुरु गरि दिपावली मनार्ईएको छ । 

कार्यक्रममा थाहा नगरपालिका उप प्रमुख खड्ग गोपाली, थाहा नगरपालिका ३ का वडा अध्यक्ष राजेश के.सी, वडा नं. ४ वडा अध्यक्ष दिपक सिं लामा, नेपाली काँग्रेस थाहा नगरपालिका सभापति योगेन्द्रमान श्रेष्ठ, नेकपा माओवादी केन्द्रका क्षेत्रीय  इन्चार्ज विष्णु विष्ट, थाहा नगरपालिका कार्यालयको प्रशासन प्रमुख अनिल लामिछाने लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा नगर प्रमुख लवशेर विष्टले गणतन्त्र ल्याउन सहिद हुने ज्ञात अज्ञात सहिदहरुलाई सम्झदै सहिदहरुले ल्याएको गणतन्त्रलाई संस्थागत गर्दै अगाढी बढनुपर्ने भन्दै नगरवासीलाई गणतन्त्र दिवसको सुभकामना दिए । 


 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg