nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गणतन्त्रका जनप्रतिनिधिको पहिलाे कार्यकाल सकिन लाग्दा दामन भ्युटावरमा बल्ल जाेडियाे नयाँ दुरवीन

ViewTawer-3-1640446901.jpg

नेपालमा गणतन्त्र घाेषणासँगै नयाँ संविधानअन्तर्गत जनप्रतिनिधि निर्वाचित भएकाे पाँच वर्षमा बल्ल दामन भ्युटावरले  नयाँ दुरवीन पाएकाे छ । 

थाहा नगरपालिकाले रु. १८ लाखमा केही महिनाअघि खरिद गरी ल्याएकाे दूरवीन भ्युटावरमा जडान गरिएकाे हाे । करिव ३ महिनाअघि खरिद गरी ल्याएर नगरपालिकाकाे 'स्टाेर' मा राखिएकाे दुरवीन स्थानीय तहकाे दाेस्राे निर्वाचन आउनै लाग्दा जडान गरिएकाे छ । 

नेपालमै प्रसिद्धि कमाएकाे दामनस्थित भ्युटावरमा नयाँ दुरवीन राखेसँगै यहाँकाे पर्यटन व्यवसायमा 'वसन्त छाउने' अपेक्षा गरिएकाे छ ।  २५ गुणा १०० मेगापिक्सल क्षमता भएकाे र  यसअघिको  भन्दा १० गुणा बढी क्षमता रहेको भनिएकाे उक्त दुरविनकाे प्रभावकारिता भने हेर्न बाँकी छ । 

यसअघि पञ्चायतकालमा जडान गरिएकाे दुई शक्तिशाली दुरवीनहरुमध्ये सशस्त्र युद्धकालमा एउटा नेपाली सेनाले लगेकाे फिर्ता गरेकाे र तत्कालीन माओवादीले लगेकाे फिर्ता नगरिएकाे बताइएकाे थियाे । नेपाली सेनाले फिर्ता गरेकाे दूरवीन पनि 'कामै नलाग्ने' भएर टाढाकाे दृश्यकाे सट्टा दूरवीनकाे लेन्समा माकुराकाे जालाेजस्ताेे देखिने भएपछि पर्यटकहरुले व्यापक गुनासाे गर्दै आएका थिए । 
थाहा नगरपालिकाले भ्युटावरसँगै रिसाेर्ट सञ्चालनका लागि हाेटल प्रकाश इन्टरनेशललाई पाँच वर्षका लागि भाडामा दिएकाे भए पनि नगरपालिकाले भ्यूटावरमा दूरवीनकाे व्यवस्था नगरेकै कारण विवाद सिर्जना भएकाे थियाे । विवादकै वीच  अवधि नपुग्दै दुईपक्षीय सम्झाैता भङ्ग भएकाे थियाे र चैत २०७६ देखि भ्युटावर बन्द रहेकाे थियाे । 

केही महिनाअघि एक वर्षे म्यादकाे सम्झौता गर्नेगरी भ्युटावर संचालनकाे लागि थाहा नगरपालिकाले टेण्डर आह्वान गरे पनि व्यवसायीहरु आकर्षित भएका थिएनन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)