Sunday, 16th August, 2026
वि.स.

गढी गाउँपालिकाका वडाध्यक्षको निधन

death-1630561919.jpg

सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ ।

उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।

चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।

वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०