Wednesday, 1st July, 2026
वि.स.

खोलाले कार बगाउँदा चार जनाको मृत्यु

car-accident-dang-sisne-k-1630560330.jpg

दाङमा खोलाले बगाउँदा चार जनाको मृत्यु भएको छ। घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले बगाउँदा घोराही-१३ निवासी ४० वर्षीया रितामाया पुन, ३२ वर्षिया शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षीया राधा कुवँर, ४२ वर्षीया यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। 

गएराती १० बजेतिर प्रदेश ३-०१-०२४ च ४४४० को  कारलाई खोलाले बगाएको हो। कारमा पाँच जना सवार रहेको र चालक घोराही-१५ निवासी नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

खुट्टा भाँच्चिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको हो। मृतक चारै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

car-accident-dang-sisne-k-1630560336.jpg