Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

खेत जोत्ने ट्याक्टरले च्यापेर एक जनाको मृत्यु

tryaktar-1593246097.jpg

 चितवनमा ट्याक्टरको रोडाभेटरले च्याप्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका ४ चैनपुरका ५७ बर्षका रिठे दमाइ रहेका छन् । उनको खेत जोत्ने क्रममा ना ७ ख ४४८८ नम्वरको ट्याक्टरको रोडाभेटरले च्याप्दा मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनले रोडाभेटरमा टेकेर नट कस्ने क्रममा ट्याक्टरको रोडाभेटरले च्यापेको र घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०