Thursday, 20th August, 2026
वि.स.

खरको छानामुुक्त अभियानमा राक्सिराङ गाउँपालिका

raksirang-1609049222.jpg

मकवानपुरगढी गाउँपालिकामा खरको छानो मुक्त गर्ने अभियान चलिरहेको छ । गरिबीका कारण अहिले पनि खरको छाना लगाएर बसोबास गरेकाहरुलाई जस्ताको छानो सहयोग गर्ने अभियान संघीय सरकार र गढी गाउँपालिकाले सञ्चालन गरेको छ ।

बितेको आर्थिक वर्ष देखिनै यो अभियान सुरु गरिएको र चालु आर्थिक वर्षमा पनि दश लाख रुपैयाँले खरको छानो मुक्त अभियानमा काम गरिने मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले बताए।

मकवानपुरगढीमा संघीय सरकारले एक सय घरमा खरको छानो हालिदिने भएको छ । संघीय सरकारको कार्यक्रमलाई थप प्रभाबकारी वनाउन गाउँपालिका पनि लागिपरेको छ । एक सय घरुमा अपुग भएका स्थानमा गढी गाउँपालिकाको बजेटले खरको छानो मुक्त गर्न लागिएको हो । सुरक्षित आवास कार्यक्रम अन्तरगत खरको छानो मुक्त गर्न लागिएको अध्यक्ष हुमागाईले वताउनुभयो । यो अभियान मकवानपुरगढीको सुकौरा, बुढीचौर, गढी, आमभन्ज्याङ लगायतका क्षेत्रमा सञ्चालन गरिने छ ।

गाउँपालिकाले भने खरको छानो नापेर जस्ता खरिद गरेर हस्तान्तरण गर्ने योजना वनाएको छ । बितेको वर्ष देखि सञ्चालन गरिएको यो अभियान आउँदो वर्ष सम्ममा मकवानपुरगढी गाउँपालिकाभरीमा खरको छानो मुक्त पारिसक्ने योजना रहेको अध्यक्ष हुमागाईले वताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०