Wednesday, 26th August, 2026
वि.स.

क्वारेन्टाइनमा युवकको मृत्यु

ilam-1597645305.jpg

इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक युवकको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–९  का ती युवा भारतको हैदराबादबाट साउन २६ गते नेपाल आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । 

स्वास्थ्यमा समस्या भए पछि आइतबार बिहान १० बजेदेखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोली उनको उपचारमा खटिएको थियो । राति ११ः ५ बजे उनको मृत्यु भएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।

मृतक युवकको साउन २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी दिए  । 

फोकल पर्सन बरालका अनुसार ती युवामा छाती दुख्ने, ज्वरो आउने र श्वास फेर्न समस्या हुँदै आएको थियो । रिपोर्ट आएपछि शव उठाउने वडा अध्यक्ष लामाले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif