Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको दोस्रो अधिवेशन बैशाख १४ मा

Kranti-1491817875.jpg

क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको दोस्रो अधिवेशन यहि बैशाख १४ गते विहिबार हुने भएको छ । हेटौडामा बसेको संगठनको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनबाट नयां कार्यसमिती चयन गर्नेछ । 

बैठकमा श्रमजिवि पत्रकारलाई संगठनमा आवद्ध गर्ने तथा सुद्धिकरणमार्फत क्रियाशिल बनाई सशक्त टिम बनाउने संगठनले जानकारी दिएको छ । बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी मकवानपुर ईन्चार्ज विरबहादुर घलान ज्वालाले शान्तिपूर्ण  लडाईमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै दलाल , पुंजिवादी तथा भ्रष्टाचारकाविरुद्ध क्रान्तिकारी पत्रकारले कलममार्फत सशक्त प्रतिकार गर्नुपर्ने बताए । 

यस्तै सेक्रेटरी रामबहादुर घलान वाटरले मजदुर, किसानमाथि भैरहेको अन्याय अत्याचारहरु समाचार तथा लेखबाट पत्रकारले उजागर गर्नुपर्ने बताए । बैठकमा संगठनका केन्द्रिय सचिवालय सदस्य तिलक अधिकारीले केन्द्रले आगामी कार्यक्रमका बारेमा गरेका निर्णयहरुका विषयमा जानकारी गराएका थिए । सवै मिलेर अधिवेशनलाई सफलताका साथ सम्पन्न गर्न उनले निर्देशन पनि दिए ।  

संगठन मकवानपुरका अध्यक्ष यादब चौलागाईको अध्यक्षतामा बसेको बैठकमा पार्टी जिल्लाका प्रतिनिधी, संगठनका केन्द्रिय कोषाध्यक्ष नवराज ढकाल, जिल्ला उपाध्यक्ष रुपा गुरुङ, सचिव राज सापकोटा, लगायतको उपस्थिती रहेको थियो ।

- रुपा गुरुङ/हेटौंडा