Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु , ७३ जनामा सङ्क्रमण पुष्टि

191771049_221775819493752-1623151004.jpg

मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचारको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ कि ४१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार हालसम्म अस्पतालमा २७ महिला र ५० पुरुष गरी ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैगरी कोरोना जाँच गर्दा ७३ जनामा पुष्टि भएको हो । ४३ जनाको पीसीआर परीक्षणबाट र ३० जनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०