Sunday, 23rd August, 2026
वि.स.

कोरोना संक्रमितलाई अण्डा र मासु

Meat-Products-1597768640.jpg

कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका संक्रमितलाई अण्डा र मासु उपलब्ध गराउने भएको छ ।

मकवानपुर कुखुरा व्यवसायी संघले हेटौंडा–६, गौरीटार आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई एक महिनासम्म प्रतिव्यक्ति प्रतिदिन दुईवटा अण्डा र हप्तामा दुई पटक कुखुराको मासु सहयोग स्वरुप उपलब्ध गराउने भएको हो ।

मंगलबार कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजु अधिकारी, उपाध्यक्ष प्रतिमा श्रेष्ठ, गोकुलनाथ पौडेलले आइसोलेसनमा पुगेर हेटौंडा–६ का वडाअध्यक्ष अर्जुन चौलागाईं तथा हेटौंडा अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रकाश पौडेललाई अण्डा र मासु उपलब्ध गराएका छन् ।

संघले करिब १४ हजार रुपैयाँ बराबरको कोरोना संक्रमितको सरसफाइमा प्रयोग हुने विभिन्न सामग्री समेत आइसोलेसनलाई प्रदान गरेको छ ।

संघले एक महिनाका लागि करिब एकलाख ५५ हजार रुपैयाँ बराबरको अण्डा र मासु उपलब्ध गराएको र अण्डा र मासु आइसोलेसनसम्म ढुवानी गर्ने व्यवस्था मिलाएको अध्यक्ष अधिकारीले बताए ।

गौरीटार आइसोलेसनमा करिब ७० जना बिरामी रहेका छन् । यस्तै हेटौंडाको शिवम् सिमेन्टले आइासोलेसनमा बस्नेका लागि पानी तातो बनाउने २ वटा वाटर इलेक्ट्रिक डिस्पेन्सर उपकरण हस्तान्तरण गरेको हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०