Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना नियन्त्रणका लागि स्थानीय पदाधिकारीलाई अनलाइन प्रशिक्षण

online-1591868770.jpg

सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्यले स्थानीय पदाधिकारीका लागि अनलाइन प्रशिक्षण दिन सुरु गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेण्ट स्टडिजमार्फत प्रशिक्षण सुरु गरेको हो ।नगरपालिकाका उपमेयरहरु पालिकाका न्यायीक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । 

पालिकाका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट सञ्चार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिनसम्म प्रशिक्षण दिइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिनुभयो । 

जुममार्फत सञ्चालन गरिएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले प्रशिक्षण दिनेछन् । कोरोनाबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने विषयमा संकटका विभिन्न आयाम, त्यसले पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषयबारेमा प्रशिक्षण दिइने जानकारी गराइन्छ । 

उहाँले प्रशिक्षण कक्षमा १५ जना सहभागी राखिएको र जुममार्फत ८० प्रतिशतभन्दा बढी स्थानीय प्रतिनिधिलाई समावेश गराइएको जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे यूएनडीपीका आवासीय प्रतिनिधि आइशानी लाबेले उत्थानशील एवं दिगो समुदाय निर्माणमा यूएनडीपीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  सहकार्यका विषमा प्रकाश पार्नुभएको थियो ।

५ दिनसम्म चल्ने अनलाईन प्रशिक्ष्णमा संकटमा सञ्चार र जोखिममा परेकाहरुसंगको संवाद, राष्ट्रिय सुरक्षा र संकटमा आकस्मिक सेवा, आकस्मिक जनस्वास्थय र स्थानीय तहको भूमिका, संकटमा नेतृत्व विषयमा जानकारी दिईने छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०