Tuesday, 25th August, 2026
वि.स.

कोरोना जोखिम बढेपछि थाहानगर सिमभन्ज्याङका होटलहरु बन्द

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ को सिमभनज्याङका सबै होटल तथा पसलहरु बन्द भएका छन् । 

मकवानपुरमा कोरोनाको जोखिम बढ्दै गएकपछि सिमभन्ज्याङमा २६ साउनमा स्थानीय व्यवशायी, बजार। व्यवस्थापन समितिका पदाअधिकारीहरु, सुरक्षा निकायलगायतकाको बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाको जोखिम नघटुन्जेलसम्म सिमभन्ज्याङ क्षेत्रका पसलहरु बन्द गर्ने निर्णय भएको बजार व्यवस्थापन समितिका अध्यक्ष अमित पाख्रिनले जानकारी दिए । 

हेटौंडातर्फबाट थाहा नगरपालिका प्रवेश गर्ने सिमभन्ज्याङ मुख्य नाका हो । 

यसैबीच कोरोना रोकथाम तथा नियन्त्रणका लागि आम नागरिकहरु सचेत भएर व्यवहार गर्न नगरपालिकाले सबैलाई अनुरोध गरेको छ । सवारी साधन, होटल व्यवशाय संचालन लगायतको क्षेत्रमा समेत कोभिड–१९ सुरक्षा मापदण्ड अक्षरसः कार्यान्वयन गर्न पालिकाले अनुरोध गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif