Thursday, 27th August, 2026
वि.स.

कोरोना कहरबीच थाहामा घटना दर्ता शिविर सञ्चालन हुने

Ghatana_Darta-1623396488.jpg

कोरोना कहरबीच थाहा नगरपालिकामा घटना दर्ता शिविर सञ्चालन हुने भएको छ । थाहा नगरपालिकाको वडा नम्बर १ कार्यालयले २८ जेठमा एक सूचना जारी गर्दै आगामी १ र २  असारमा वडाका विभिन्न तीन स्थानमा घटना दर्ता शिविर सञ्चालन गर्ने जनाइएको छ । 

वडा कार्यालयले वडाबासीहरुका लागि जारी गरेको सूचनामा वडा कार्यालय वा पायक पर्ने स्थानमा पुगेर घटना दर्ता गराउन आह्वान गरिएको छ । वडा नम्बर १ को कुटिप्वाकल, ओखरबजार र कुन्छाल डबलीमा  दर्ता शिविर सञ्चालन गर्ने जनाइएको छ । 

घटना दर्ताअन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइँ पर्दछन् । घटना दर्ताको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले समन्वय गरिरहेको छ ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif