Wednesday, 26th August, 2026
वि.स.

कोरोना अपडेट: थाहाको एक सहित ५ जनामा संक्रमण

corona-1-1617757494.png

मकवानपुरमा एकैदिन थप ५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १३ जनाको कारोना परीक्षणमा थप ५ जनामा संक्रमण देखिएको हो ।

पुष्टि हुनेमा थाहा नगरपालिकाकाे एकसहित हेटौंडा उपमहानगरपालिका ४ जनामा संक्रमण भएको हो । पुष्टि हुनेहरुमा हेटौंडा-१ को ३५ र ५५ वर्षीया महिला दुई जना,हेटौंडा-४ को ६८ वर्षीय पुरुष तथा हेटौंडा-८ को ४२ वर्षीय पुरुष रहेका छन् भने थाहा-४ को १९ वर्षीया किशोरी रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यलय अनुसार पुष्टि हुने २ जना भारत जानको लागि परीक्षणको क्रममा संकमण देखिएको र एक जना स्वास्थ्य परीक्षणको क्रममा कोरोना परीक्षण गराउँदा संक्रमण देखा परेको हो । यसैगरि थाहामा एन्टीबढी परीक्षणमा १९ वर्षीया किशोरीमा पोजेटिभ देखा परेको हो ।

पुष्टि भएका ५ जनामा ४ जना सम्पर्कमा आएको होम आइसोलेसनमा उपचाररत रहेको र एक जना हेटौंडा-८ का ४२ वर्षीय पुरुष संग सम्पर्क हुन नसकेको र सम्पर्क कार्य भइरुहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ३ हजार ८ सय ९९ पुगेको छ । मकवानपुरमा हालसम्म संक्रमण पुष्टि भएकामा ३ हजार ८ सय ५८ जना संक्रमण मुक्त भईसकेको जनस्वास्थ्य कार्यलयले जनाएको छ ।

मकवानपुरमा कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि थाहा नपालिकाका र मनहरी गाउँपालिकाका २/२ रहेका छन् भने बागमती र बकैया गाउँपालिकाका १/१ जना रहेको छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif