Sunday, 23rd August, 2026
वि.स.

कोरोनाले मृत्यु हुनेको संख्या २२१ पुग्यो

corona-death1-1598786612.jpg

 नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको हो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरुषको मृत्यु भएको हो। आइतबार कोरोनाले मृत्यु पुष्टि भएका चार महिलामध्ये सुनसरी ७४, बारा ४७, महोत्तरी ६२ र काठमाडौंकी ७२ वर्षीया महिला रहेका छन्। 

त्यसैगरी सुनसरी ६०, मोरङका ६२, महोत्तरी ७० र ३५, रौतहटका ३०, ललितपुरका २९, भक्तपुरका ६५, नवलपरासीका ६२, रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०