Thursday, 27th August, 2026
वि.स.

कोरोना संक्रमितको शव उत्खनन गरेर अत्येष्टि

corona-death-1604401780.jpg

 अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको एकजनाको शव गाडेको ५ महिनापछि उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्यु पछि उनमा कोरोना संक्रमण देखिएको थियो।

उनको शव करीब ५ महिनापछि उत्खनन् गरेर अन्तिम  दाहसंस्कार गरिएको आफन्त प्रकाश खनालले जानकारी दिए । कोरोना पोजेटिभ देखिएपछि शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो।

त्यतिबेला परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा शव उत्खनन् गरेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको खनालले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif