Wednesday, 26th August, 2026
वि.स.

कोरोनाबाट विश्वभर एक सय ५८ नेपालीको मृत्यु

123-1593340694.jpg

कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक सय ५८ जना नेपालीको मृत्यु भएको छ।  गैरआवासिय नेपाली संघ (एनआरएनए) का अनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ। यस्तै, विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ। एनआरएनएका अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीले कोरोना जितेका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा संक्रमण भेटिएको छ।

एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ। साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड–१९ का कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली संक्रमणबाट मुक्त भएका छन्।
 रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif