Sunday, 23rd August, 2026
वि.स.

कोरोनाबाट विदेशमा मात्रै ३४ हजार ७ सय नेपाली सङ्क्रमित

corona-photo-1598769020.jpg

 विभिन्न ३८ देशमा रहेका ३४ हजार ७ सय १ नेपालीमामा कोरोना सङ्क्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना सङ्क्रमणबाट निको भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना सङ्क्रमण सामान्य बढेको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा सङ्क्रमण सामान्य रुपमा बढेको डा.  सापकोटाले बताए ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०