Sunday, 23rd August, 2026
वि.स.

कोरोनाबाट जिसस मकवानपुरकी सदस्य स्याङ्तानको निधन

sanikanxi-1624762531.jpg

कोरोना भाइरस संक्रमणको कारण जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सानीकान्छी स्याङ्तानको निधन भएको छ ।  स्याङ्तानको १३ असार बिहान आफ्नै घरमा मृत्यु भएको राक्सिराङ गाउँपालिकाका प्रवक्ता रामकृष्ण प्रजाले जानकारी दिए ।

विभिन्न अस्पतालमा उपचार गर्दा समेत संक्रमण मुक्त नभएपछि केहिदिन अघि घर ल्याएर राखिएको सदस्य स्याङ्तानको आज बिहान निधन भएको प्रवक्ता प्रजाले बताए । 

प्रवक्ता प्रजाका अनुसार सदस्य स्याङ्तानमा अन्य दिर्घ रोग थिएन । गएको स्थानीय चुनावमा राक्सिराङ गाउँपालिका वडा नंबर ३ बाट महिला सदस्यमा निर्वाचित भएर स्याङ्तान जिल्ला समन्वय समितिको सदस्य पदमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०