Saturday, 15th August, 2026
वि.स.

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ 'सिल'

1617769617_Nepal-corona-d-1627790693.jpg

उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना संक्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ।

वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र १५ साउन राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको छ।

संक्रमण तीव्र बनेपछि १६ साउन रातिदेखि गाउँ सिल गरिएको छ। पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले सङ्क्रमित भएपछि १६ साउन रातिदेखि यही २४ साउनसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना संक्रमण घट्दो दरमा थियो। एक हप्तायता पुनः सङ्क्रमण बढ्न थालेको उनले बताए।

खैजनपुरमा सङ्क्रमण पुनः बढ्न थालेका कारण आज बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पिसिआर र एन्टिजेन परीक्षण शुरु गर्न लागिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताए।

सङ्क्रमण फैलन थालेपछि खैजनपुरका दक्षिण–पूर्वको भूभाग जोगीदहसम्म र पश्चिम भुल्केसम्म र उत्तर त्रियुगा नदी किनारसम्मको क्षेत्रमा सिल गरिएको छ। गाउँ सिल गरेसँगै बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको र सो समयबाहेकका समय पूर्णरूपमा लकडाउन गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif