Wednesday, 26th August, 2026
वि.स.

कोरोनाको कारण मकवानपुरमा थप ३ जनाको मृत्यु

corona-death-1620814826.jpg

हेटौँडा अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट हेटौँडाका दुई जना र भीमफेदीका एक जना पुरुष गरी तीन जनाको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

संक्रमणबाट भीमफेदी गाउँपालिका वडा नम्वर–६ का ५९ वर्षीय एक पुरुषको बुधबार  बिहान १० बजेर ५ मिनेटको समयमा मृत्यु भएको हो ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१ का ५० वर्षीय एक पुरुषको बुधबार बिहान मृत्यु भएको हो भने हेटौँडा उपमहानगरपालिका वडा नम्वर–३ बस्ने ६५ वर्षीय एक पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif