Wednesday, 26th August, 2026
वि.स.

कोराना संक्रमितलाई घरघरमै औषधि

homeissolation-1620796356.jpg

 होम आइसोलेसनमा बसेका कोरोना भाइरस संक्रमितलाई चितवनको खैरहनी नगरपालिकाले घरमै औषधि पुर्‍याउने व्यवस्था मिलाएको छ । संक्रमण देखिएकाहरुमा रोग प्रतिरोधी क्षमता बढाउने आवश्यक औषधि उनीहरुको घरसम्म पुर्‍याउन थालिएको नगरपालिकाले जनाएको छ ।

खैरहनी नगरपालिकाको वडा नम्बर १ र ८ भित्र रहेका संक्रमितहरूलाई सम्बन्धित वडा कार्यालयले स्वास्थ्यसंस्थामार्फत औषधि घरमै पुर्‍याएको स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । रोग प्रतिरोधी क्षमता बढाउन भिटामिन सी, भिटामिन डी र जिंकको आवश्यकता पर्दछ ।

खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले सबै वडा कार्यालयहरुलाई संक्रमितको घरमा औषधि पुर्‍याउन भनिएको बताए । खैरहनीमा मंगलबारसम्म १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये ९२ जना सक्रिय संक्रमित छन् भने ९ जना निको भएका छन् ।

संक्रमण देखिएकामध्ये ८२ जना होम आइसोलेसन तथा १० जना अस्पतालको आइसोलेसनमा छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif