Sunday, 28th June, 2026
वि.स.

कोभिड–१९ बाट बच्ने उपायका विषयमा थाहानगरका प्रत्येक वडामा अभिमुखकिरण

RRRRR-1599272078.jpg

थाहा नगरपालिका वडा नं १, २ र ३ का कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखकिरण भएको छ । 

वडाहरुमा रहेका तरकारी व्यापारी एवं तरकारी ढुवानी गर्ने गाडी चालक र सहचालकहरुलाई कोभिड १९ बाट सुरक्षितहुन अपनाउनु पर्ने सावधानीहरुका विषयमा अभिमुखकिरण गरिएको हो । 

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुबोध चापागाईको नेतृत्वमा ति वडाहरुमा सामुदायिक सहजीकरण गरिएको हो । १२ वटै वडामा यस किसिमको कार्यक्रम गर्ने योजना रहेको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०