Wednesday, 26th August, 2026
वि.स.

कोभिडका कारण पत्रकार मिश्रको मृत्यु

corona-death-1618478416.jpg

 कोरोना सङ्क्रमणका कारण पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।

झापाको विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी पर्नुभएका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको गए राति मृत्यु भएको हो । उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif