Wednesday, 26th August, 2026
वि.स.

कैलाश गाउँपालिकामा उपाध्यक्षसहित ३५ जनामा कोरोना पुष्टि

corona-photo-1620372562.jpg

कैलाश गाउँपालिकामा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैशाख २३ गते ७५ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङलाई समेत कोरोना पुष्टि भएको उनले बताइन् । उनले भनिन्, ‘२३ गते गाउँपालिकामा गरेको परिक्षणमा म लगायत मेरो घरका सदस्यलाई कोरोना पुष्टि भएको छ । हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ । हामी होम क्वारेनटाइनमा छौ ।’

कोरोना पुष्टि हुनेमा ८ वर्ष देखि ८३ वर्ष उमेर समुहका रहेको कैलाशका स्वास्थ्य संयोजक श्याम सुन्दर महतोले बताए । कोरोना हुनेमा भिमफेदी गाउँपालिका वडा नं। ९ का महिला ५ जना र पुरुष ७ जना, कैलाश गाउँपालिका वडा नं। ९ का महिला ७ जना र पुरुष १४ जना, कैलाश गाउँपालिका वडा नं। १० का पुरुष २ गरि जम्मा ३५ जनामा संक्रमण देखा परेको छ । हाल सबैको स्वास्थ स्थिति सामान्य रहेको र संक्रमित सबै होम क्वारेन्टिनमा रहेको महतोले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif