Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कैलाश गाउँपालिकाका तीन जना गाँजासहित पक्राउ

2-2-696x483-1622905165.jpg

मकवानपुरमा लागु औषध गाँजा सहित तीन जना पक्राउ गरेका छन् । मकवानपुर प्रहरीले १२ किलो ३ सय ग्राम लागुऔषध गाँजा सहित  तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाउँपालिका–७ बस्ने ४७ वर्षीय हिरा बहादुर मोक्तान, सोही ठाउँ बस्ने २४ वर्षीय राम बहादुर मोक्तान र २४ वर्षीय ठाकुर सुनार रहेका छन् । उनीहरुलाई राक्सिराङ गाउँपालिका–५ बोटबारीबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए  ।

शंकास्पद रुपमा झोला बोकेर हिँडिरहेको अवस्थामा जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको उनले जानकारी दिए  । गाँजासहित पक्राउ परेका तीनै जनाबिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०