Saturday, 15th August, 2026
वि.स.

कैलाशका दिलबहादुर १५ किलो ९ सय ग्राम गाँजासहित पक्राउ

234843416_297102436985205-1628578521.jpg

मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  कैलाश गाउँपालिका–८ का २९ बर्षीय दिलबहादुर बल रहेका छन् ।

२५ साउन साँझ मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ–५ परेवाभिर स्थित भित्री सडकखण्डमा भार्ताबाट मनहरी तर्फ पैदल आउदै गरेको बललाई १५ किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बललाई पक्राउ गरिआवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif