nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कैलाशका अध्यक्ष टंक मोक्तानलाई निलम्बन गर्न विशेष अदालतको पत्र

bisesh-adalat-1635858229.jpg

कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलाई निलम्बन गर्न विशेष अदालत काठमाडौँले पत्र पठाएको छ ।

अख्तियार दुरुपयोग अनुसान्धान आयोगले असोज १५ गते भ्रष्टाचार अभियोगमा अध्यक्ष मोक्तान सहित कर्मचारीहरु विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

असोज १७ गते नै अध्यक्ष मोक्तानलाई निलम्बन गर्न विशेष अदालत काठमाडौँले पत्र पठाए पनि सो पत्र गाउँपालिकाको कार्यालयमा कार्तिक ९ गते मात्रै दर्ता भएको हो । त्यसयता अध्यक्ष मोक्तान गाउँपालिकाको कार्यालय गएका छैनन् ।

हाल उपाध्यक्ष सुकुमाया थिङले कार्यावाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् ।

एमालेबाट निर्वाचित अध्यक्ष मोक्तान एमाले विभाजन पछि हाल नेकपा समाजवादीमा प्रवेश गरेका थिए । उनी नेकपा समाजवादी मकवानपुरका नेता समेत हुन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)