nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कैलाशका अध्यक्ष टंक मुक्तानसहित ६ जनालाई रु. २,६०,९०० भ्रष्टाचारको आरोप, अख्तियारद्वारा अदालतमा आरोपपत्र दायर

ujuri-1633097242.jpg

कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानसहित फिलिङ्गो मिडियाका सञ्चालक रामकुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर कुसारी,  लेखापाल सुजन श्रेष्ठ आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलले भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ । 

‘कैलाश गाउँपालिकाको आ.ब. २०७५/०७६ मा युवा क्षमता बिकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा अनियमितता गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा कैलाश गाउँपालिकाले आ.ब. २०७५/०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालनबापत भए गरेको कामभन्दा बढी रु.२,६०,९०० भुक्तानी गरी लिए दिएको पुष्टि हुन आएको र सो कार्यमा देहायका व्यक्तिहरुले देहायबमोजिम कसुर गरेकोले निजहरुलाई देहायबमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ’ आयोगले १५ असोजमा जारी गरेको प्रेस विज्ञप्तीमा भनेको छ । 

आयोगका अनुसार कैलाश गाउँपालिकाका अध्यक्ष मुक्तानलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरजन्य कार्य भएकोले सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम रु.२,६०,९०० बराबरको  बिगो असुल हुन समेत मागदाबी लिइएको छ ।

त्यसैगरी  फिलिंगो मिडियाका संचालक रामकुमार रिजाललाई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम   रु.२,६०,९००। बराबरको बिगो जफत हुन मागदाबी लिइएको छ ।

त्यस्तै तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर कुसारी,  लेखापाल सुजन श्रेष्ठ आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेललाई भष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरमा सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम  रु.२,६०,९०० बराबरको  बिगो असुल हुन समेत मागदाबी लिइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले कैलाश गाउँपालिकाका अध्यक्ष मुक्तानसमेत ६ जनाउपर बिगो रु. २,६०,९०० कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएकोबारे विज्ञप्ती जारी गरेका हुन् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)