Thursday, 27th August, 2026
वि.स.

कृषकलाई मिनि–टिलरदेखि पम्प, काँटा र जैविक मलसम्म अनुदान

agroaa-1616461445.jpg

कृषि ज्ञान केन्द्र चितवनले थाहा नगरपालिकाको वडा नम्बर ३ घर्तिखोलाका कृषकहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी यन्त्र, उपकरण र कृषि सामग्रीहरु वितरण गरेको छ । थाहा–३ स्थित शुभारम्भ कृषक सहकारी संस्थामार्फत् कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर, पानी तान्ने पम्प, पाइप, तौल काँटा, स्प्रे पम्प र जैविक मल वितरण गरिएको हो । 

९ फागुनले घर्तिखोलाको बागेखोलामा आयोजित एक कार्यक्रमका बीच कृषि यान्त्रीकरणअन्तर्गत २२ वटा मिनि टिलर र सिंचाइका लागि ८ वटा पानी तान्ने पम्प र ६ हजार मिटर पाइप वितरण गरिएको सहकारी संस्थाका सचिब सुदर्शन विष्टले जानकारी दिए ।

 

त्यसैगरी १४ थान तौल काँटा र ३० थान स्प्रे पम्प वितरण गर्नुका साथै ८० जना कृषकलाई जैविक मल, भिटामिन लगायत सामग्री प्रदान गरिएको उनले बताए ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, तरकारी जोन पालुङका प्रमुख महेश्वर लामिछाने, शीतोष्ण बागवानी केन्द्र दामनका प्रमुख कालिकाप्रसाद कोइराला, थाहा नगरपालिकाका कृषि अधिकृत संजय तिवारी, थाहा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजेश केसी लगायतको उपस्थितिमा कृषि सामग्री वितरण गरिएको थियो । 

कार्यक्रम शुभारम्भ कृषक सहकारी संस्थाका अध्यक्ष विक्रम विष्टको अध्यक्षतामा भएको थियो । यसअघि ज्ञान केन्द्रले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ आलु वितरण गरेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif