Saturday, 15th August, 2026
वि.स.

कुमाताको तेस्रो संस्करण बजारमा 

news-photo-1627865280.jpg

पत्रकार वसन्त पराजुलीको  कथासङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण वजारमा आएको छ । २०७६ सालको फागुनमा प्रकाशन भएको कुमाता कथा सग्रह प्रकाशन भएको डेड वर्षमा तेस्रो संस्करण प्रकाशन गरेको हो । २०७७ असारमा कुमाताको दोस्रो संस्करण प्रकाशन भएको थियो । 

भँुडिपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको कुमता कथासङ्ग्रहको तेस्रो संस्करणमा कभर परिवर्तन गर्नुका साथै कुमाता माथि विज्ञ समिक्षकहरुले गरेका समिक्षाका सारशंलाई पनि समेटिएको कथाकार पराजुलीले जानकारी दिए । 

सामाजिक विषयवस्तुमा आधारित कथाहरु समेटिएको कुमातामा गरिबी, बैदेशिक रोजगारी , प्रेम,विश्वास ,यौन , धोका ,जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका कारण पाठकहरुले कृतिलाइ मन पराएकाले छोटो समयमै तेस्रो संस्करण प्रकाशनमा पुगेको लेखक पराजुलीले बताए । 

कुमाता कथासङग्रहमा १० वटा कथामा ११६ पेज रहेको छ । कथासङग्रहको मूल्य दुई सय रुपियाँ छ ।

पुस्तकमाथि परिचर्चा कार्यक्रम
तेस्रो संस्करण प्रकाशनको अवसरमा सम्पूर्ण किताव नारायणढको आयोजनामा १७ साउनमा नारायणगढमा पुस्तक माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा वोल्दै अक्षर समूह चितवनका अध्यक्ष प्रभाकर पण्डित, समिक्षक डा. एकनारायण पौडेल, समिक्षक उदय अधिकारी, लेखक मिनराज वसन्त, लेखक निर्दोश जीवन, पत्रकार रमेशकुमार पौडेल, पत्रकार तुलमान गुरुङ, पत्रकार रामकान्त पौडेल, विवेक पोख्रेल, सूर्य कंडेल लगाएतले  कुमाता सामाजिक विषय वस्तुमा केन्द्रित रहेर पाठकहरुले मन पराएको प्रतिकृया दिएका थिए । 

कार्यक्रम सम्पूर्ण किताव नारायणगका सञ्चालक लेखराम साकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif