nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कुण्डलदेवी बहुउद्देश्यीय सहकारीको २१ औँ साधारणसभा

IMG_20220122_130833-1642921805.jpg

थाहा नगरपालिकाको दामनमा मुख्य कार्यालय रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी सस्थाको २१ औँ साधारणसभा सम्पन्न भएको छ । कोरोना महामारी फैलिरहेको सन्दर्भमा स्वास्थ्य सतर्कता अपनाउँदै सीमित सहभागितामा साधारणसभा सम्पन्न गरिएको संस्थाका व्यवस्थापक राजन मिश्रले जानकारी दिए ।

संस्थाका अध्यक्ष शिवकुमार खत्रीको अध्यक्षता तथा थाहा–४ का वडाध्यक्ष दिपकसिं लामाको प्रमुख आतिथ्यतामा साधारणसभा गरिएको हो । सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि लामा, संस्थाका पूर्वअध्यक्ष विनोदकुमार लामा, थाहाटाइम्सका सम्पादक कुमार नेगी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

साधारणसभाले अध्यक्ष शिवकुमार खत्री, सचिब रामकुमार बल र कोषाध्यक्ष सिताराम रुम्बाको प्रतिवेदन सर्वसम्मत् पारित गरेको छ ।  सभासमक्ष कोषाध्यक्ष रुम्बाले गत आर्थिक बर्षमा रु. ३ करोड ७४ लाखको आर्थिक कारोबार भएको जनाउँदै रु. ८ लाख ९६ हजार खुद नाफा भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)