Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कालो ढुसी संक्रमणबाट कैलालीमा एकजनाको मृत्यु

dead-body-1622706931.jpg

 सेती प्रादेशिक अस्पतालमा कालो ढुसी ९म्यूकर माइकोसिस०को संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए ।

‘उनी मिर्गौला, मधुमेह र मुटुका रोगी थिए । स्वास्थ्यमा समस्या आएपछि उनी डायलायसिसका लागि अस्पताल आएका थिए,’ डा। कमरले भने, ‘आईसीयूमा राखेर उनको उपचार थालिएको थियो । तर उपचारकै क्रममा बिहीबार बिहान ७ बजे उनको मृत्यु भयो ।’

उपचारमा संलग्न अर्का चिकित्सक डा. अशोक श्रीपाइलीका अनुसार ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आयो । ‘उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थाल्यो । म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भयो’ उनले भने ।

कालो ढुसीको संक्रमण पुष्टि भएसँगै उनलाई एम्फोटेरिसेन बी नामको औषधि दिइएको थियो । तर पनि उनलाई बचाउन नसकिएको डा। श्रीपाइलीले बताए ।

कालो ढुसी धेरैजसो रोग प्रतिरोधी क्षमता कमजोर भएको मानिसमा देखिने बताउँदै उनले शरीरको जुनसुकै अंगमा समेत असर गर्न सक्ने डा। श्रीपाइलीले बताए । यो रोगको संक्रमण बढीजसो आँखा, फोक्सो, किड्नी तथा छालामा यसको संक्रमण देखिएको उनले जनाए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०