Wednesday, 26th August, 2026
वि.स.

कार दुर्घटनामा परि पत्रकारको मृत्यु

krishana-pande-1593331790.jpg

 रुपन्देहीका एक पत्रकारको शनिवार राति कार दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा–६ मा बस्दै आएका २८ वर्षिय पत्रकार कृष्ण पाण्डे रहेका छन् ।

उनको सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडक खण्ड अन्तरर्गत तिलोत्तमाको ड्राइभरटोलमा बा७च ६९५९ नम्बरको कार दुर्घटना हुँदा मृत्यु भएको हो । उनको कार सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण कार दुर्घटना भएको हुनसक्ने अनुमान लगाइएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा ल्याइएपनि अस्पतालले मृत धोषणा गरेको जनाइएको छ । उनी न्यूज २४ टेलिभिजनको रुपन्देही संवाददाता थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif