Saturday, 15th August, 2026
वि.स.

कार्तिक ७ बाट थाहानगरमा विनयबाबु बस्नेत स्मृति भलिबल प्रतियोगिता शुरु

मकवानपुर थाहा नगरपालिकामा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भलिबल रनिङ शिल्ड प्रतियोगिता २०७६ हुन लागेको हो । यहि ७ कात्तिकदेखि थाहानगरको फाँटबजारमा हुने प्रतियोगितको तयारी  पूरा भएको छ । 

सशस्त्र प्रहरीमा सेवारत् विनयबाबुको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक शंकर कार्कीले जानकारी दिए । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २६ हजार रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको । 

प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा प्रतिष्ठानले उत्कृष्ट स्वयंसेवक छनोट गरी सम्मान गर्ने निर्णय भएको छ भने सामाजिक तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एकजनालाई पनि प्रतिष्ठानले सम्मान गर्ने निर्णय भएको छ । प्रतियोगितालाई भव्यताकोसाथ संचालन गर्नको लागि विभिन्न उपसमितिहरु पनि निर्माण गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले प्रतियोगितामा भाग लिन सम्पूर्ण क्लब तथा समूहलाई अनुरोध गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif